विराटनगर । ठेकेदार कम्पनीको लापरबाहीपूर्ण तरिकाले गुणस्तरहीन काम गरेको पाइएपछि मोरङको बुढीगंगा गाउँपालिका–४ नंं. वडा कार्यालयको नयाँ भवन निर्माणको काम रोकिएको छ ।
स्थानियको विरोधपछि मापदण्ड बिपरीत गुणस्तरहिन काम गरेर भवन निर्माणको काम रोकिएको हो ।
वडा कार्यालयको भवन निर्माणमा कमसल कच्चा पदार्थको बढी प्रयोग गरेको कारणले भवन निर्माण गुस्तरहीन देखिएको बुढीगंगा गाउँपालिका ३ का नुर मोहमदले बताए । सम्झौतापत्रमा उल्लेख नभएको निर्माण सामाग्रीको प्रयोग गरेपछि यहाँका स्थानिय विरोधमा उत्रिएका हुन् ।
सम्झौतामा १ नं. इट्टा प्रयोग गरिनुपर्ने, निर्माणमा ओपीसि सिमेन्ट लगाउनुपर्ने उल्लेख गरिएको छ । तर, भवन निर्माण स्थलमा तीन नं. इटा र ओपीसि भन्दा प्रतिबोरामा २ सय रुपैयाँ सस्तो पिपिसी सिमेन्ट प्रयोग गरेको भेटिएको नुरले बताए । ‘सम्झौतामा १ नं. इट्टा प्रयोग गरिनुपर्ने तोकिएको छ । तर, ठेक्केदारले अहिले ३ नं. इट्टा धमाधम झारेर निर्माणमा प्रयोग गर्दै आएको छ । स्थानियले खबरदारी गरेपछि अहिले निर्माणकार्य रोकेका हौं,’ स्थानिय नुरले भने, ‘गुणस्तरहिन काम भएको पाइएपछि निर्माण कार्य रोकेर छानविनको माग गरेका छौं ।’ वडा कार्यालयको भवन गुणस्तरीय हुनुपर्नेू र स्टिीमेटमा उल्लेख भएअनुसारको काम हुनुपर्ने माग राख्दै बुधबार स्थानियले विरोध गरेपछि भवन निमाार्णको काम रोकिएको छ ।

‘वडाको नयाँ भवन निर्माणमा तीन नम्बर इट्टा हालेर धमाधम भवन बनाउँदा गाउँपालिका र वडाका कार्यालयका जनप्रतिनधीहरू चुप लागेपछि बसेपछि हामी विरोधमा उत्रिएका हौं,’ उनले भने, ‘कमसल सामाग्री प्रयोग गरेको कारणले बनिसकेको वाल भत्किन र छट चर्किन थालेको छ ।’ निर्माण कम्पनीले पाँच टिफर भन्दा बढी तीन नम्बर इट्टा निर्माण स्थलमा झारेको स्थानिय बताउँछन् । स्टिमेट अनुसार एक एक बोरा सिमेन्टमा चार तगारि बालुवा हानुपर्ने उल्लेख छ । तर, यहाँ एक बोरा सिमेन्टमा ६ देखि ८ तगारि बालुवा हालेको पाइएको छ ।
त्यही भएर अहिले छट ढलाइ चर्किन थालेको बुढीगंगा ४ का श्यामलाल मmाभीले बताए । सिढीमा प्रयोग गरेको रड पनि मापदण्ड अनुसारको नहालेको स्थानियको भनाई छ । स्टिमेटमा १० देखि १२ सुताको रड प्रयोग गरिनुपर्ने उल्लेख छ । सिढीमा ४ सुताको हालेको पाइएको छ,’ उनले भने, ‘भवन निर्माणमा भइरहेको कामको गाउँपालिकाले प्राविधक राखेर छानविन गरिनुपर्नेछ ।’ लापरवाहीपूर्ण काम गर्ने ठेक्केदार कम्पनी र गुणस्तरहिन निर्माणमा मिलेमेतामा संलग्न हुनेलाई कारवाही गरिनुपर्ने माग राख्दै यहाँका स्थानियले दिनभरी वडा कार्यालय अगाडी प्रर्दशन गरे ।
२०७७ माघ २० गते बुढीगंगा गाउँपालिकालले पारस कन्ट्रक्सन एण्ड सप्लायर्स दुहबीलाई ७९ लाख ९ हजार ६ सय ४१ रुपैयाँमा ठेक्का दिएको थियो । २०७८ मंसिर २९ गतेसम्म निर्माण पुरा गरिसक्ने सम्झौता उल्लेख भएको थियो । सम्झौता गरेको मितिमा निमार्ण पुरा नभएपछि म्याद थप गरेको थियो । २ कठ्ठा क्षेत्रफलमा दुइ तलाको वडा कार्यालयको नयाँ भवन बन्दैछ । ठेकेदारले निर्माण पुरा नसकिदै १४ लाख ७६ हजार ३ सय रुपैयाँ भुक्क्तानी लिइसकेका छन् ।
वडा कार्यालयको अहिले छट ढलाइ भएर वाल उठाउने काम भएपछि निर्माण रोकिएका छ । बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी गच्छदारले निर्माणधिन वडा कार्यालयको भवन बुधबार अनुगमन गरेकी छिन् । उनले निमार्णको क्रममा गुणस्तरीहिन काम भएको देखिएपछि ठेकेदार कम्पनीलाई कारवाही गरिने बताइन् । ‘सरसरी भवन हेर्दा बिमहरू बांगो देखिएको छ । यसमा ठेकेदारको कमिकम्झोरी देखिएको छ,’ उनले भनिन्, ‘बांगो भिमहरु हटाएर गुणस्तरीय काम गर्न हामीले निर्देशन दिनेछौं ।’ गुणस्तरहिन काम गर्ने ठेकेदारलाई कानुन अनुसार कारवाही गरि गुणस्तरीय काम गर्ने बताइन् ।