केहि समय अघि व्यापक रुपमा सामाजिक संजालमा यलम्वमर खेल मैदानमा रहेको वास्केटवल कोर्ट भत्काइने हल्ला चले पनि नया कार्यसमिति चयन भए पछि रोकिएको छ ।

बास्केटवल कोर्ट भत्काइने हल्ला चलेपछि ८ न। वडाका युवा तथा खेलाडिहरुले पम्प्लेट सहित खेलमैदान अगाडि विरोध जनाएका थिए । यसले सामाजिक संजाल र खेलाडिहरुमा व्यपक्ता पाउनुका साथै व्यापक रुपमा विरोधको तयारी समेत भइरहेको थियो । तर नया कार्यसमिति चयन हुन साथ भत्काइने योजना नरहेको वताइएको छ ।

यति लामो सम्म संस्थालाई निष्क्रिय राख्नुको साथै खेल मैदानमा विकृति वढ्दै गए पछि संस्थाका सदस्य तथा लगानिकर्ताहरुमा खेल मैदान नै भत्काइनु पर्ने वा वेच्नु पर्ने कुरा उठेको वर्तमान अध्यक्ष क्याप्टेन अम्मरवहादुर पन्धाक लिम्वुले वताए । अव नया कार्य समिति आएको छ । मलाइ विश्वास गरेर जिम्मा दिइएको छ । अवका दिन देखि संस्थालाई चलायमान वनाउने, सामाजिक कार्यहरुमा अग्रसर गराइनुका साथै संस्थाको भौतिक सम्पतिलाई व्यवसायीक वनाउने योजना रहेको उनले वताए ।

     खेलमैदानलाई स्तरउन्नती गर्दै खेलमैदान क्षेत्रमा ट्रस्ट लगाएर सेमि कर्भडहलको रुपमा स्तरउन्नती गर्ने, चेन्जिङ्ग रुम र टोइलेट वाथरुमलाई सुधार र निर्माण गरिने योजना रहेको अध्यक्षले जानकारी गराए । निर्माण संपन्न भएपछि संस्थाले वार्षिक रुपमा वास्केटवल र भलिवल खेलको प्रतियोगिता आयोजना गर्ने योजना रहेको छ । खेलाडिहरुले प्रशिक्षणका लागि तथा खेल्नका लागि वार्षिक रुपमा अनिवार्य सदस्यता लिनु पर्नेछ, जसले गर्दा खेलाडि अनुसासन र उतmरदायी हुनेछ । खेलमैदानको हललाई कार्यक्रमका लागि सर्वसाधरणलाई भाडामा लगाएर आर्थिक रुपमा वलियो वनाइने योजना समेत रहेको अध्यक्ष पन्धाकले वताए । अध्यक्ष लिम्वु धरान १८ स्थित डिपो आर्दश वहुमुखि क्याम्पस व्यवस्थापन समिति अध्यक्ष समेत हुन ।

यलम्वर खेल मैदान संस्थामा क्या. अम्मर पन्धाक नयाँ अध्यक्ष

धरान ८ स्थित यलम्वर खेल मैदान संस्थामा दश वर्ष पछि पुर्व व्रिटिस गोर्खा सैनिक क्याप्टेन अम्मरवहादुर पन्धाक लिम्वुको नेतृत्वमा सात जनाको नया कार्यसमिति चयन भएका छन ।

यहि वैशाख १० गते साधरण सभा वाट नया कार्यसमिति चयन भए पनि केहि दिन अघि मात्र नया कार्यसमितिको पदस्थापना भएको थियो । समितिमा सचिव विष्णुकुमारी लिम्वु, कोषाध्यक्ष मोतिवहादुर लिम्वु, सदस्यहरुमा कमल लुम्फङवा, रमेश राई, उतmरकुमार राई र युगल लिम्वु रहेका छन । कार्य समितिको दुई वर्ष कार्यकाल भए पनि लामो सम्म संस्था निष्क्रिय भएपछि विशेष साधरण सभाको आयोजना गरि नया कार्यसमिति चयन गरिएको संस्थाका एक सदस्यले जानकारी गराए ।

धरान ८ स्थित सिदार्थ मार्गका स्थानिय तथा पुर्व व्रिटिस गोर्खा सैनिकहरुको सहकार्यमा करिव २०५१ सालमा समाजिक संस्थाको रुपमा यलम्वर खेल मैदान संस्थाको स्थापना भएको हो । संस्थाले आर्थिक संकलन गरि करिव साढे तिन कट्ठा जग्गामा व्यवसायिक भवन र बास्केटवल कोर्ट निमार्ण गरेका छन । संस्थामा एक सय ७१ जना सदस्यहरु रहेको छ । हाल भवनका कोठा न्युनतम दरमा भाडामा लगाइएको छ भने खेल मैदानमा बास्केटवल र भलिवल खेल खेल्न मिल्नेछ । भवनको एक कोठामा जिमहल समेत रहेको छ ।

संस्थाको विधान संसोधन गरि आवश्यक्ता अनुसार संस्थामा कार्यसमिति सदस्य संख्या थप तथा सल्लाहकार नियुक्ति गरि संस्थालाई विभिन्न सामाजिक कार्यमा अग्रसर गराइ चलायमान वनाउने साथै व्यवसायीक समेत वनाइने नवनिर्वाचित अध्यक्ष क्याप्टेन अम्मरवहादुर पन्धाक लिम्वुले वताए । आप्mनो कार्यकालमा हाल व्यक्तिको नाममा रहेको जग्गालाई संस्थागत वनाइ संस्थाको नाममा ल्याउने वताए ।