धरान । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुनसरीमा बक्सिङ खेलाडी छनोट गरिएको छ । 

सुनसरीको धरान–९ स्थित कभर्ड हलमा भदौ ६ गते सम्पन्न छनोट प्रतियोगिताबाट २ महिलासहित १३ जना खेलाडी छनोट गरिएको सुनसरी जिल्ला बक्सिङ सङ्घ छनोट प्रतियोगिताका अध्यक्ष विकासकुमार गुभाजूले जानकारी दिए ।

उनका अनुसार एकजना व्यवस्थापक र एकजना प्रशिक्षक गरी कुल १५ जनाको टोली सुनसरीबाट छनोट भएको छ ।

४८ केजी तौल समूहदेखि ८६ केजी तौल समूहसम्मका खेलाडी छनोट भएका छन् । महिला खेलाडीमा ४८ केजीबाट शिला राई, ५२ केजीबाट जोनु लिम्बू छिन् ।

त्यस्तै पुरुषबाट ४८ केजीमा धीरज राई, ५१ केजीमा मिखिम लिम्बू, ५४ केजीमा युपेन राई, ५७ केजीमा सिंहवीर लिम्बू, ६० केजीमा मोक्ष राई, ६३.५ केजीमा नितेश विक, ६७ केजीमा अयुक राई, ७१ केजीमा धीरज गुरुङ, ७५ केजीमा सनम गुरुङ, ८० केजीमा कारसाङ लामा, ८६ केजीमा तासी लामा छन् । 

प्रशिक्षकमा निमा तामाङ र टिम व्यवस्थापकमा पावेल राई रहेका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक राईको प्रमुख उपस्थितिमा कार्यक्रम भएको हो ।