उर्लाबारी । आसन्न मंसीर ४  गते हुने संघिय सभा र प्रदेश सभा निर्वाचनको लागि नेपाली कांग्रेस मोरङ क्षेत्र नं.–१ अन्र्तगतको प्रदेश (क)ले उमेदवार हुने आकाक्षीको नाम सिफारिस गरेको छ ।

बुधबार बसेको प्रदेश सभा कार्य समितिको बैठकले संघिय सभाको लागि प्रत्यक्ष निर्वाचन तर्फ जयधर्म आचार्य र आरती बरालको एवं समानुपातिक तर्फ ललित अधिकारी, सिता कार्की र नारायण धिमालको नाम सिफारिस गरेको हो ।

यसैगरी प्रदेश सभाको प्रत्यक्ष तर्फ चिरञ्जिवी थापा,अर्जुन तुम्रोक, गोमा नेपाल र बिरवल थापा एवं समानुपातिक तर्फ खड्ग फागो, शोभा पालुङवा, बिजय कार्की र नेत्रकुमारी भट्टराईको नाम सिफारिस भएको प्रदेश समितिले जनाएको छ ।