भद्रपुर । झापामा ८६ हजार ८ सय ८८ जना मतदाता थपिएका छन् । २०७४ सालको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा भन्दा २०७९ साल मङ्सीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा झापामा ८६ हजारभन्दा बढी मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालय झापाले दावी विरोध प्रयोजनार्थ तयार गरिएको मतदाता सङ्ख्या २०७९ अनुसार अधिल्लो निर्वाचनमा भन्दा यसपटकको निर्वाचनमा झापामा ८६ हजार ८ सय ८८ मतदाता थपिएको कार्यालय प्रमुख तुलसी नेपालले जानकारी दिए ।
२०७४ सालको संसदीय निर्वाचनमा झापामा पुरुष मतदाताको सङ्ख्या २ लाख ८८ हजार ८ सय ४५ र महिला मतदाताको सङ्ख्या २ लाख ९६ हजार ३ सय १२ जना तथा अन्य ९ जना गरी जम्मा ५ लाख ८५ हजार १ सय ६६ जना रहेकोमा यो पटक दावी बिरोध प्रयोजनार्थ थपिएका मतदाता पुरुष ३ लाख ३४ हजार ७ सय ३२ जना र महिला मतदाता ३ लाख ३७ हजार ३ सय १४ गरी जम्मा ६ लाख ७२ हजार ५४ जना रहेको प्रमुख नेपालले बताए ।
दावीबिरोध प्रयोजनार्थ तयार गरिएको पछिल्लो मतदाताको विवरण अनुसार झापा निर्वाचन क्षेत्र नम्वर १ मा प्रतिनिधिसभातर्फ जम्मा मतदाताको सङ्ख्या १ लाख २१ हजार ५ सय ६४ जना रहेको छ, जसमा प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर (क) तर्फ ७२ हजार ६ सय ५० जना र प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर (ख) तर्फ ४८ हजार ९ सय १४ जना मतदाता रहेका छन् ।

त्यसैगरी झापा निर्वाचन क्षेत्र नम्वर २ मा प्रतिनिधि सभातर्फ जम्मा मतदाताको सङ्ख्या १ लाख ३५ हजार ४ सय ७९ जना रहेको छ, जसमा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (क) तर्फ ५९ हजार ८ सय ९० जना र प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर (ख) तर्फ ७५ हजार ५ सय ८९ जना मतदाता रहेका छन् ।
त्यसैगरी झापा निर्वाचन क्षेत्र नम्वर ३ मा प्रतिनिधिसभातर्फ जम्मा मतदाताको सङ्ख्या १ लाख ३३ हजार १ सय ६८ जना रहेका छन् । जसमा प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर (क) तर्फ ६८ हजार ९५ जना र प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर (ख) तर्फ ६५ हजार ७३ जना मतदाता रहेका छन् ।
त्यसैगरी झापा निर्वाचन क्षेत्र नम्वर ४ मा प्रतिनिधिसभातर्फ जम्मा मतदाताको सङ्ख्या १ लाख २५ हजार २४ जना रहेका छन् । जसमा प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर (क) तर्फ ५४ हजार १ सय १३ जना र प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर (ख) तर्फ ७० हजार ९ सय ११ जना मतदाता रहेका छन् ।
त्यसैगरी झापा निर्वाचन क्षेत्र नम्वर ५ मा प्रतिनिधि सभातर्फ जम्मा मतदाताको सङ्ख्या १ लाख ५६ हजार ८ सय १९ जना रहेका छन् । जसमा प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर (क) तर्फ ७६ हजार १४ जना र प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर (ख) तर्फ ८० हजार ८ सय ५ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।