भोजपुर । नेपाली काग्रेस भोजपुरले मसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा चुनावका लागि उमेरदवारको नाम सिफारिस गरेको छ । जिल्ला कार्य समितीको बैठकले प्रत्यक्ष र समानुपातिक तर्फका उमेरदवारको नाम सिफारिस गरेको हो ।
भोजपुरबाट प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ उमेशजंग रायमाझी , बिनोद बान्तावा र शिव खत्रीको नाम अगाडी सारिएको छ । भोजपुरबाट सिफारिस भएका मध्य रायमाझी केन्द्रिय सदस्य , बान्तावा जिल्ला सभापती र खत्री क्रियाशिल सदस्य हुन् ।
समानुपातिक तर्फ धर्मराज राई ,नन्दमणी राई , बालकृष्ण थापा , माया राई र शिसिरा राईको नाम रहेको जिल्ला सभापती बिनोद बान्तावाले बताए । यस्तै प्रदेश सभा (क) का लागि प्रत्यक्ष तर्फ उतmम कुमार चापागाई , गजेन्द्र बहादुर कार्की , हेमन्त मुकारुङ राई र बाबुराम बस्नेतको नाम छनौट गरिएको छ ।
प्रदेश सभा समानुपातिक तर्फ आङबाबु शेर्पा , बिरबल राई , टंक बहादुर पाण्डे , बालकृष्ण राई , राजेन्द्र राई र रोहित बिश्वकर्माको नाम सिफारिस भएको छ । प्रदेश सभा (ख) बाट प्रत्यक्ष तर्फ गोबिन्द बहादुर कार्की , दिनेश कार्की , सुर्य प्रशाद राई , मदन बहादुर खुलाल , नारायण बहादुर राउत , अमृत राई , गणेश राई , दिनेश घिमिरे र महेश बस्नेतको नाम सिफारिस गरिएको छ ।

यता प्रदेश सभा ख को समानुपातिक तर्फ धिरेन्द्र कुमार श्रेष्ठ , बिश्वनाथ पराजुली , निरकुमार बिश्वकर्मा , सितारा राई , निर्मला खडका , शुभचन्द्र राई , पार्वती श्रेष्ठ र राजन खतिवडाको नाम सिफारिस गरिएको जिल्ला सभापती बान्तावाले जानकारी दिए ।