विजयपुर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अण्डर–१५ महिला साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा भगवती रानामगरलाई नियुक्त गरेको छ ।
बुधबार एन्फाले बङ्गलादेशमा आयोजना हुने अण्डर–१५ महिला साफ च्याम्पियनसिपका लागि भगवतीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । दक्षिक्ष एशियाली फुटबल महासङ्घ (साफ) को कार्यक्रमअनुसार आगामी कात्तिक १५ गतेदेखि २६ गतेसम्म बङ्गलादेशमा प्रतियोगिता सञ्चालन हुँदैछ । साफ अण्डर–१५ च्याम्पियनसिप २०२२ मा सहभागिताका लागि नेपाललाई पनि आमन्त्रण गरेको छ । साफ यु–१५ वुमेन्स च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली महिला युवा (यु–१५) टिमको मुख्य प्रशिक्षकमा भगवती मनोनयन भएकी हुन् ।
यस्तै सहायक प्रशिक्षकको जिम्मेवारी मङ्गल महर्जनलाई दिइएको छ । बिहीबार उनीहरूलाई काठमाडौँ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईले नियुक्ति–पत्र प्रदान गरेका छन् ।