धरान । धरान–१७ मा जारी धरान–१७ भेट्रान रनिङ फुटबल प्रतियोगितामा धरान १६ र धरान १७ रातोले विजयी सुरुवात गरेको छ ।
नमस्ते खेल मैदानमा जारी खेलमा धरान–१६ ले धरान–६ लाई ५–० गोलले हराएको छ । प्रतियोगितामा सबै गोल धरान–१६ का खेलाडी मनिष मगरले गरे । खेलको म्यान अफ दी म्याच उनी नै घोषित भए ।
त्यस्तै दोस्रो खेलमा धरान–१७ ले धरान–५ लाई ४–० गोलले हराएको छ । प्रतियोगितामा एक गोल आत्मघाती हुँदा अन्य गोल रविन राई, सञ्जय राई र सन्जित भट्टराईले गरे ।
खेलको म्यान अफ दी म्याच योगेन राई घोषित भएको म्याच कमिसनर इन्द्र थापा मगरले जानकारी दिए । उनका अनुसार बिहीबारको खेल धरान–३ र १८ बीच हुँदै छ ।