धरान । धरानमा २०७६ सालदेखि सुरु भएको ‘ग्रासरुट फुटबल’ पुनः सञ्चालन भएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ बाट धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको ग्रासरुट फुटबललाई धरान नगरका प्रशिक्षक अर्जुन राईले सुरु गरेका हुन् । तात्कालीन समयमा धरान उपमहानगरको खेलकुद विकास समितिले ग्रासरुट आयोजना गर्दै आएको हो ।
दशैंतिहारपश्चात् भोलिबाट सुरु गर्ने तयारी गरिएको हो । खेलकुद विकास समितिका पूर्व सदस्यसमेत रहेका सतिस केसीका अनुसार ग्रासरुट फुटबल खेलाडी उत्पादनको उद्देश्य रहेको बताए ।
तात्कालीन नगर प्रमुख तिलक राईले ग्रासरुट फुटबल सुरु गर्न रकम विनियोजन गरेका थिए ।