धनकुटा । धनकुटास्थित भीमदल गणमा वाहिनी पति ट्रफी प्रतियोगिता भइरहेको छ ।
पुस १ गते सुुरु भएको प्रतियोगिता पुस १२ गते सम्पन्न हुने भीमदल गण सल्लेरी ब्यारेक धनकुटाका गणपति सुमन थापाले बताए । प्रतियोगितामा प्रदेश १ अन्तर्गतका कृष्णदल गण, फस्ट राइफल गण, भीमदल गण, भैरव गण, नयाँ भैरवी दल गुल्म र सत्रुमर्दन गुल्ममा कार्यरत नेपाली सेनाअन्तर्गतका खेलाडीहरूले तेक्वान्दो र बक्सिङ खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।
गणपति थापाका अनुसार प्रतियोगिताहरू एथ्लेटिक्स, सुटिङ, आर्चरी खेल प्रदर्शनी प्रतियोगिता सुनसरी, पौडी इटहरी, भलिबल प्रतियोगिता भोजपुर, बास्केटबल धनकुटाको हिले, फुटबल प्रतियोगिता मोरङ, बक्सिङ र तेक्वान्दो धनकुटामा भइरहेको छ ।
नेपाली सेनामा भएका खेलाडीहरूलाई दक्ष बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तयार गरी राष्ट्रलाई विश्व सामु पहिचान गराउने उद्देश्यले वाहिनी पति ट्रफी प्रतियोगिता आयोजना गरिएको गणपति थापाले बताए । उनले खेलकुदको क्षेत्रलाई विकास एवम् विस्तार गरी तेक्वान्दो र बक्सिङको प्रतियोगिता धनकुटास्थित भीमदल गण सल्लेरीमा भइरहेको छ ।
वाहिनी पति ट्रफी प्रतियोगिता समापन भइसकेपछि प्रितना पति ट्रफी प्रतियोगिता देशव्यापी रूपमा सम्पन्न भइसकेपछि प्रधान सेनापति ट्रफी प्रतियोगिता हुनेछ ।
२०६५ सालदेखि सुरु भएको प्रधान सेनापति ट्रफी विभिन्न विधाका प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा ४ सय ८६ नेपाली सेना भित्रका खेलाडीहरू पहिलो चरणमा सहभागी भइरहेको भीमदल गण सल्लेरी ब्यारेक धनकुटाले जनाएको छ ।