पथरी । मोरङको बेलबारीमा तमु गुरुङ जातीहरुको महानपर्व तमु ल्होसारको उपलक्ष्यमा बेलबारी नगरपालीका वडा स्तरीयपुरुष र महिलाभलिबलप्रतियोगीताभएको हो ।
तमु हयूल छोंज धिं गुरुङ राष्ट्रिय परिषदनगरसमितिको आयोजनामा बेलबारी नगरपालीका वडा नं १ स्थित तमु बुद्धिष्ट गुम्बाको प्राङगडमा बुधबार पुरुषभलिबलखेल भएको थियो ।प्रतियोगीतामापुरुषतर्फ बेलबारी वडा नं ११(ए), ११(बी), ८, आयोजक, ३, ४(ए), १, ९, ४(बी), १०, र २ गरि जम्मा ११ वटा टीमले भागलिएका छन् भने महिलातर्फ वडा नं ११, २, ३, र ४ गरि जम्मा ४ वटा टिमले भागलिने छन् । पुरुषतर्फको खेल पुष १३ गते सुरु भएर पुष १४ गते फाइनल खेल हुने छ भने महिलातर्फ १४ गते सुरु भएर सोहीदिनफाइनल खेल हुने परिषदकानगर समितिका सचिवकमलबहादुर गुरुङले बताए ।
पुरषकारहरु पुरुषतर्फ प्रथमहुनेलाई २५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र रेहेको छ भने दोस्रो हुनेलाई १५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै महिलातर्फ प्रथमहुनेलाई १० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र, र दास्रो हुनेलाई ५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र रहेको छ ।
तमु समुदायले हरेक बर्ष पौष १५ गते तमु ल्होसार–हिल्हो (बिरालो वर्ग) को उपलक्ष्यमा सांस्कृतिकतथाशुभकामनाकार्यक्रमगर्दै आइरहेकोमा बिगतपाँचवर्ष देखी बेलबारीले वडा स्तरिय भलिवलप्रतियोगीतागर्दै आइरहेको परिषदका सल्लाहकार समितिकाअध्यक्षमनकुमार गुरुङले बताए ।पौष १५ गते २१ जना वृद्धवृद्धालाई सम्मान गर्ने तयारी रहेको पनि संचार संयोजकअशोक गुरुङले जानकारी दिए ।
प्रमुखअतिथि वडा नं ११ का वडाध्यक्ष तथानगरका खेल संयोजकबिक्रम राइ रहेका थिए । राइले खेलाडीहरुलाइ बल हस्तान्तरण गरेपछि खेल सुरु भएको थियो ।कार्यक्रम परिषदकाअध्यक्ष रन्जीत गुरुङको सभातित्वमाभएको थियो ।