ढाका । बंलादेशको ढाकामा आयोजित बंगबन्धु कप चौथो दक्षिण एसियाली सेपाक ताक्रो च्याम्पियनसिपमा नेपालको महिला टिम दोस्रो भएको छ । प्रतियोगितामा नेपालबाट सहभाहिता हुँदै सिल्भर मेडलिष्ट बनेको हो । रेगु र क्वाड इभेन्ट दुवैमा दोस्रो बनेका छन।
क्वाड एभेन्टमा श्रीलङ्का, बंगलादेश र पाकिस्तानलाई सोझो सेटमा हराएपनि भारतसंग २(१ ले पराजित भए पछि दोस्रो बनेको हो । भने रेगु इभेन्टमा भारतसंग सोझो सेटमा हार बिहोरेका थिए । श्रीलङ्का, बंगलादेश र पाकिस्तानलाई भने सोझो सेटमा हराएका थिए ।
बुधबार र बिहिबार महिलाको दुबै इभेन्टको खेल सम्पन्न भएको छ ।
महिला तर्फ नेपालको प्रतिनिधित्व गर्दै ६ जना महिला टिममा सहभागी छन । सुमित्रा डंगोल, चन्द्रा चौधरी, निरु थापामगर, रुथ कुमारी श्रेष्ठ, कमला दर्जी र भबिसरा ढकाल टिममा छन ।
पुरुषतर्फको रेगु टिम इभेन्ट र क्वाड एभेन्ट सकिएको छ भने रेगुको दुई खेल बाँकी रहेको छ । प्रतियोगिताको समापन शुक्रबार हुने जनाईएको छ । नेपाल रेगु टिम इभेन्ट र क्वाडमा दोस्रो बनेको छ भने रेगुको खेल भोलि ९शुक्रबार० श्रीलंकासंग बाँकी छ । भने पाकिस्तान र बंलादेशलाई जितेको छ भने भारतसंग हारेको छ ।