धरान । कोशी प्रदेश नामाङ्कनलाई खारेज गरी पुनः नामकरण गर्न माग गर्दै संयुक्त संघर्ष समितिले आव्हान गरेको बन्दले आज काेशी प्रदेश धरानमा आंशिक प्रभाव परेको छ ।
शनिबार धरानमा जनता समाजवादी पार्टी, जनमुक्ति पार्टी, लिम्बुवान मञ्च, किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङलगायत १४ वटा सङ्घ–संस्थाहरूले राँके जुलुस निकालिएको थियो ।
उनीहरूले प्रदेशको नाम ‘कोशी’ खारेज गरी पहिचानको आधारमा राख्नुपर्ने माग राखेका छन् । जनता समाजवादी पार्टीका धरान अध्यक्ष ताजुव लिम्बूले कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा राँके जुलुस गरेको बताए ।
बन्दको कारण लामो दुरीका सवारी साधन चलेका छैनन् भने भानुचोक बाहिर साना सवारी साधनहरु गुडिरेहका छन् । शैक्षिक संस्था र भानुचोक आसपासका व्यापारीक सटरहरु बन्द छन् । सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।