पाँचथर। पाँचथरको कुम्मायक गाउँपालिकाका अग्नीपीडित परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । कुम्मायक–१ का पाँच अग्नी पीडित परिवार मध्ये चार घरधुरीलाई २५ हजारको दरले राहत बितरण गरिएको वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए । त्यस्तै एक घरधुरीलाई १५ हजार नगद बितरण गरिएको थियो ।
वनमा लागेको आगो बस्तीमा पस्दा कुम्मायक १ सिम्लेका मानभक्त बोहोरा, कमल बोहोरा र सोही वडाको साठ्ठीमुरेका वसन्तकुमार चाम्लिङ राई र उनका छोरा छत्रबहादुर चाम्लिङ राईको घर जलेका थिए । गाउँपालिकाले उनिहरुलाई २५ हजारको दरले १ लाख र सिम्लेकै मदन बोहोरालाई १५ हजार रुपैयाँ बितरण गर्न लागेको छ । मदनको घरमा मानिस बसोबास नगरेकाले १५ हजार मात्र सहयोग गर्ने लावतीको भनाई छ ।
गाउँपालिकाले अग्नी पीडित परिवारलाई पहिलो चरणको राहत स्वारुप खाद्यन्य, लत्ताकपडा, भाडावर्तन सहयोग गरेको थियो । दोस्रो चरण अन्तरगर्त नगद सहयोग गरेको गाउँपालिकाले संघीय सरकार र पालिकाको समन्वयमा पूर्ण क्षति भएको घर निर्माण गर्ने जनाएको छ । संघीय सरकरबाट पुर्नरस्थापना र पुनः निर्माण अन्तरर्गत घर निर्माणको प्रकृया अघि बढाउने भएको हो ।
आगलागी बिस्तापित भएका परिवार स्थानीय छिमेकीको घरमा बस्दै आएका छन । पछिल्लो समय दिनप्रतिदिन बढ्दै गएको आगलागीका घट्नालाई न्यूनीकरण गर्न पालिकाले जनचेतामूल कार्यक्रम अघि बढाउने गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले बताए । उनका अनुसार विपत व्यवस्थापन कोषबाट समुदाय र विद्यालयमा जनचेतना अभिवृद्धि गर्ने, फायर स्टिङ्र खरिद र अग्नी रेखा तयार गर्ने जस्ता गतिविधिलाई अघि बढाउन लागेको समेत बताए ।