विजयपुर । पराम्परागत सीप कला प्रवद्र्धन समाज धरानले दलित समुदायले गर्ने परम्परागत सीप कलासम्बन्धी वृत्तचित्र तयार गरेको छ ।
सोमबार धरान–१२ स्थित होटल गोर्खामा वृत्तचित्र सार्वजनिक गरिएको छ । धरान उपमहानगरको उपप्रमुख कोषबाट निर्मित वृत्तचित्र धरान नगर प्रवक्ता तथा धरान–१७ वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले स्वीच थिची सार्वजनिक गरे ।
दलित समुदायका परम्परागत सीप कलाहरू हराउँदै गएकाले संरक्षणका लागि वृत्तचित्र तयार गरेको निर्माता रिकेश विश्वकर्माले बताए । माओवादी केन्द्र धरान इन्चार्ज फोक्वाहाङ सुब्बा ‘चोत्लुङ’ ले वृत्तचित्रले पराम्परागत सीप कलासम्बन्धी नीति निर्माणमा सघाउ प¥याउने बताए । वृत्तचित्रका फलाम, सुनचाँदी, तामा, पित्तल, बाँसका सीप कलालाई समेटिएको छ । छत्र दर्नालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।