भरौल/छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्डकपको क्षेमादेवी प्लानिङ ब्वाइज युनाइटेडले जितेको छ । 

बुधबार सम्पन्न फाइनलमा टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित भएको छ । प्लानिङले दोस्रो पटक उपाधि जितेको छ । विजेता टिमले नगद ४ लाख रुपैयाँसहित ट्रफी पाएको छ । त्यस्तै उपविजेता बनेको ब्वाइज युनियनले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र  पाएका छन् । 

खेलको पहिलो हाफको ३३ औँ मिनेटमा ब्वाइज युनाइटेड काठमाडौँका रक्षापंक्तिका खेलाडीले लडाएपछि प्लानिङ ब्वाइजका फागुराम थारूले गोलमा परिणत गरे । ४४ मिनेटमा ब्वाइज युनियनका बिकास लामाले १ गोल गरी टिमलाई बराबरी गोल फर्काए । 

निर्धारित ९० मिनेटमा एक एकमा रोकिएपछि टाइब्रेकरमा पुगेको थियो । ब्वाइज युनाइटेडका फागुलाल थारू, विशाल राई, विकास मगर, रोशन भुजेल, राजेस साहले गोल गरे । बेस्ट खेलाडी ब्वाइजका सुशान्त लामा घोषित हुँदै नगद १० हजार रुपैयाँ पाए । 

म्यान अफ दी म्याच प्लानिङ ब्वाइजका फागुराम थारू घोषित हुँदै नगद ५ हजार रुपैयाँ पाए । बेस्ट गोलकिपर लोकेश चौधरी घोषित भए । बेस्ट स्ट्राइकर प्रताव राई घोषित हुँदै नगद १० हजार प्राप्त गरे । बेस्ट मिड फिल्डर ब्वाइज युनियनबाट रूपेश क्षेत्री घोषित हुँदै नगद १० हजार रुपैयाँ पाए ।