विराटनगर । कोशी नाम खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका पहिचानवादी र प्रहरी बिच आज विराटनगरमा झडपमा परि चार जना आन्दोलनकारी घाइते भएका छन् ।
घाइते हुनेमा इटहरी २ का ३० वर्षीय डेनिज राई, झापा शिवसताक्षीका ४३ वर्षीय राजकुमार शेर्मा, विराटनगर ८ का ४२ वर्षीय चन्द्रकुमार राई र किरात याक्थङ चुम्लुङका केन्द्रिय अध्यक्ष प्रेम याक्तेङ रहेका छन् ।
विराटनगरका राईको खुट्टामा चोट लागेको छ भने अन्य तीन जनाको अश्रुग्यासको प्रहारबाट हात र खुट्टामा चोट लागेको किरात राई यायोख्खाका सचीव कुन्ता राईले जानकारी दिइन । उनका अनुसार चारै जना घाईतेको विराटनगरस्थित पारस अस्पतालमा उपचार भईरहेको छ ।
आन्दोलन गर्ने क्रममा घाइते भइ मृत्युवरण गर्न पुगेका पदम लिम्बू लाजेहाङको शव प्रदर्शन गर्ने क्रममा विराटनगरको रोडशेषमा शनिबार झडप भएको हो ।
विराटनगरमा पहिचानवादी र प्रहरीबिच झडप, प्रहरीद्वारा असुली ग्यास र हवाई फायर
लाजेहाङकाे शव यात्राका क्रममा विराटनगरमा प्रहरी र पहिचानवादीकाे पुनः झडप