भद्रपुर । भद्रपुर झापा गोल्डकपको कार्यालय उद्घान भएको छ ।
बुधबार एक औपचारिक कार्यक्रमकाबीच मेची रङ्गशाला परिसरमा रहेको भवनमा कार्यालय स्थापना गरेर उद्घाटन गरिएको हो । गत सिजनमा प्रथम संस्करणको प्रतियोगिता हुँदा गोल्डकप समितिले तेक्वान्दो सङ्घको कार्यालय अस्थायी रुपमा प्रयोग गरेको थियो ।
साविक मेची अञ्चल खेलकुद विकास समितिको कार्यालयको रुपमा रहेको तर हाल जीर्ण र प्रयोगहीन भवनलाई मर्मत तथा स्तरोन्नित गरी भद्रपुर झापा गोल्डकपले कार्यालय स्थापना गरेको अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।
दुई कोठे सो भवनमा एउटा बैठककक्ष र कार्यालय तथा अर्कोमा लेखा शाखा निर्माण गरिएको छ । भद्रपुर नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, गोल्डकप अध्यक्ष ढकाल, मुख्य सल्लाहकार टिकाराज ढकाल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले कार्यालयको विधिवत उद्घाटन गरेका थिए ।
गोल्डकपले यही मङिसर ७ गतेदेखि मेची रङ्गशालामा झापा जिल्लास्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिता गर्दैछ । त्यस्तै, भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’ अन्तर्गत उमेर समूहका खेलाडी छनोटको कार्य भइरहेको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।