विराटनगर । एनएमएसआरए कप क्रिकेट प्रतियोगिताको फाइलनमा नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ पुगेको छ ।

विराटनगरको डिग्री क्याम्पसको खेलमैदानमा शनिबार भएको प्रतियोगितामा नेपाल औषधीगत प्रबन्धक संघ पिन विराटनगर युनिटलाई ३ रनले हराउँदै  एनसीडिए मोरङ फाइलनमा पुगेको हो । 

आउने शनिबार हुने फाइनलमा उपाधिको लागि आयोजक नेपाल औषधी तथा विक्री प्रतिनिधि संघ (एनएमएसआरए) सँग प्रतिस्पर्धा गर्नेछ । 

आज भएको दोस्रो खेलमा एनसीडिए मोरङले १४ ओभरमा सबै विकेट गुमाई १३९ रनको लक्ष्य दिएको थियो । एनसीडिएको तर्फबाट राम तामाङ्गले १२ बलमा ३३ रन पारी खेल्दा दिपकले २७ रन बनाए । कमल देवले ६ बलमा १८ रनको योगदान दिए । 

बलिङमा नेपाल औषधीगत प्रतिनिधी संघ पिन विराटनगरका सुशिल बस्नेतले २९ रन खर्चेर ३ विकेट लिए । मिथुन झाले ३ र  राम शर्मा कमले २२ रन खर्चेर २ विकेट लिए ।

१३८ रनको लक्ष्य पछ्याएको प्रतिनिधी संघले निर्धारित १५ ओभरमा सबै विकेट गुमाइ १३५ रन मात्र बनायो । राम शर्माले २३, प्रलात कामतले १७ रन, शिवले २१ रन बनाए । 

बलिङमा एनसीडिएका कमले देवले २२ रन खर्चेर २ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । रविले १ विकेट लिए । 

पहिलो खेलमा फाइलनमा पुगेको एनएमएसआरए विराटनगरले सिसिएफ क्रिकेट क्लबलाई  २४ रनले पराजित गरेको थियो । 

प्रतियोगिताको बिजेताले नगद ४१ हजार रुपैयाँ र ट्रफि प्राप्त गर्नेछ । उपबिजेता २५ हजार रुपैयाँ पाउनेछ । प्रतियोगितामा ८ वटा टिमको सहभागिरहेका एनएमएसआरए विराटनगरको अध्यक्ष प्रमोद साहले बताए ।