बराहक्षेत्र। बराहक्षेत्र नगरपालिका को वार्ड नं. २ स्थित बयरबन सामुदायिक वन उपभोक्ता समूहको बनमा शिकारीको गोलिबाट  घाइते बनेको हरिण को उद्दार गरिएको छ ।

बनको  सिंहदेवी टोलको  देविथानमा सोमबार राती करिव साढे आठ बजे पछाडी को दाहिने खुट्टामा गोलि लागेर घाइते अवस्थामा भेटिएको पोथी हरिण लाई उद्दार गरिएको बराह सब डिभिजन वन कार्यलयका रेन्जर  शिशुराज झाले बताए  ।

बयरबन बन समुहका अध्यक्ष कर्ण बहादुर खडकाले दिएको सुचना पाएर गएको  रेन्जर शिशुराज झा, वन प्राविधिक गणेश न्यौपाने र बन रक्षक द्वय बिष्णु प्रसाद अधिकारी र देवेन्द्र हाङ लिम्बूको  टोलिले तत्काल कार्यवाही गर्दै घाईते हरिणलाई  नियन्त्रणमा  लिएर  राती नै  नगरपालिकाको वार्ड नं. ३ स्थित नडाहा सब डिभिजन वन कार्यलयलाई जिम्मा दिईएको रेन्जर झाले जानकारी दिए ।