देउराली । इटहरी उपमहानगरपालिकामा वर्षा लागेसँगै आसपासमा रहेको खोलाहरूमा आउने बाढीका कारण करोडैको क्षति हुने भन्दै रहेका खोलालाई तटबन्ध गरी व्यवस्थित गर्न प्रतिनिधि सभामा कुरा उठेको छ ।
प्रतिनिधि सभामा आज भएको बैठकमा संसद् भीम आचार्यले इटहरी उपमहानगरपालिका सधैँ बाढीकोको चपेटामा पर्ने गरेको भन्दै उपमहानगरपालिकाको खोलाहरूमा तटबन्ध गरी व्यवस्थित गर्न माग गरेका हुन् ।
उनले बुढी खोला ट्याग्रा खोला, सुकुमारी भोक्रा लगायतका खोलाले वर्षामा सधैँ कराडौको धनजनको क्षति गर्ने भएकोले ती खोलाहरूलाई व्यवस्थित गर्न सरकार सँग माग गरेका हुन् ।
उनले भने ' बुढीखोला माथि देखी तलसम्मै व्यवस्थित गर्नु पर्ने छ, ट्याग्रा लाई बाइपास गरेर बुढी खोलामा हाल्नु पर्ने र अन्य खोलाहरूलाई तटबन्ध गरे व्यवस्थित गरिनु पर्ने छ । जनताको क्षति हुनु भनेको राज्यकै क्षति हुनु भएकोले सरकारले त्यसतर्फ ध्यान दिनु पर्ने बताए । '