देउराली । धरान ५ स्थित हिमाली माध्यमिक विद्यालयमा ४ काठे नयाँ भवन बन्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सङ्घीय सरकारको ४५ लाख र उपमहानगरपालिकाले ३० लाख बजेट उपलब्ध गराएपछि विद्यालयले ४ कोठाको नयन भवन बनाउन लागेको हो ।
गत असारमा उपमहानगरको शिक्षा शाखासँगको समन्वयनमा भवन निर्माणको लागी बजेटको माग गरिएसँगै सङ्घीय सरकारको शिक्षा विभाग उक्त बजेटको व्यवस्थापन गरिदिएको धरान ५ का वडाध्यक्ष मन प्रसाद लिम्बुले बताए । उनले भने " शिक्षा विभागले दिएको बजेटमा उपमहानगरपालिकाले ३० लाख थपेर ७५ लाखको स्टिमेटमा टेन्डर खुलेको थियो त्यसमा केही बोल कबोलमा केही कमका ठेक्का भएको हुनसक्छ ।"
ठेक्का लागिसकेपछि आज वडाका जनप्रतिनिधि तथा विद्यालय व्यवस्थापन समितिको उपस्थितिमा उपप्रमुख अईन्द्र बिक्रम बेघाले शिलान्यास भएको छ ।
शिलान्यासका क्रममा बोल्दै वडाध्यक्षले विद्यालयमा थप कक्षा कोठा र शिक्षक दरबन्दीका आवश्यक भएकोले शिक्षामन्त्री सामु थप भवन र शिक्षक दरबन्दीको लागी पनि पहल गरिएको लिम्बुले बताए । उनले भावी दिनमा कक्षा १२ सम्म अध्यापन गराउने तयारी भएको भन्दै १६ कोठे भवनको आवश्यकता रहेका बताए ।
हाल विद्यालयमा नौ सय विद्यार्थी ध्यान रत रहेका छन् । विद्यालयले अङ्ग्रेजी र नेपाली गरी दुई माध्यमबाट अध्यापन गराइरहेको विद्यालयका प्रधानाध्यापक यमकुमार खत्रीले बताए ।