विराटनगर  ।  नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए) कोशी प्रदेशमा शम्भू साहको प्यानलै निर्वाचित भएका छन् । साहले एनपीए कोशी प्रदेशको अध्यक्षमा ३५२ मत ल्याएर निर्वाचित भएका हुन् । उनको निकटतम् प्रतिद्वन्दी  विवेक दाहालले १८३ मात्र मत ल्याएका छन् । 

उपाध्यक्षमा विश्वनारयण चौधरीले ३४५ मत ल्याए निर्वाचित भए । उनका प्रतिस्पर्धी प्रदिप थापाले १८२ मत पाए । सचिबमा दिपेन्द्र खड्काले ३५७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्दी कृष्ण प्रसाद बजगाइले १७८ मत ल्याए । कोषाध्यक्षमा संजिप खड्काले ३५२ मत पाएर निर्वाचित भए । उनका प्रतिस्पर्धी याम प्रसाद चौलागाइले १७० मात्र मत पाए । 

यसैगरी खुल्ला सदस्यहरुमा विजय कार्कीले २६७, रष्मी अधिकारीले २३५  र महिला सदस्यमा संगीना कुमारी चौधरीले २७८  मत ल्याएर निर्वाचित भएकी छिन् ।  साहको समूहबाट सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुने सचिव खड्का रहेका छन् । उनले सबैभन्दा बढी ३५७ मत ल्याएर निर्वाचित भए ।