धरान । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च तेह्रथुम जिल्ला कार्य समिति पुनःगठन भएको छ ।
समितिको अध्यक्षमा सन्तोष सम्बाहाङ्फे, वरिष्ठ उपाध्यक्षमा राजकुमार खापुङ, उपाध्यक्षहरूमा देवीनारायण सम्बाहाङ्फे, तिलविक्रम चोङ्बाङ, डम्बर खापुङ, राजेश इङ्नाम, सुखबहादुर सावाँ चयन भए । यस्तै सचिवमा नगेन्द्र सावाँ, सह–सचिवमा दिलिप निङ्लेकु, अर्थ सचिवमा इन्दु आङ्खेवा चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा सुवास लुम्फुङ्वा, दुर्गा निङ्लेकु, तिलक सम्बाहाङ्फे, जयप्रकाश सम्बाहाङ्फे, बोधराज कुरुम्बाङ, विष्णु खेवाहाङ, सरोज निङ्लेकु, गोरखबहादुर लिम्बू, साम्योक हाङ लिम्बू, प्रविन निङ्लेकु, जेबी कन्दङ्वा, टेक लिम्बू, योगेन्द्र लिम्बू, टेकबहादुर लिम्बू, जयप्रकाश सम्बाहाङ्फे, जुवन लिम्बू, सन्दीप मादेम्बा, तोरण तेयुङ लिम्बूलगायत छन् ।
कार्यक्रमको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराकले गरेका थिए । उनले पार्टी परित्याग गरी अर्कै पार्टीमा गएका कार्यकर्ताहरूप्रति लक्षित गर्दै गद्दारहरूलाई कानूनी प्रक्रियाबाटै कारबाहीको तयारी भइरहेको बताए । उनले आफूले त्यस विषयमा सल्लाह लिइरहेको उनले बताए । सन्तोष सम्बाहाङ्फेको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, केन्द्रीय उपमहासचिव एवम् सुनसरी इन्चार्ज भूपेन्द्रसुन्दर लावतीलगायतले सम्बोधन गरेका थिए ।