विजयपर । धरानमा पुस्ता–अन्तरसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।
आइतबार राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको हो । अन्तरक्रिया महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा भएको हो ।
महासङ्घका अध्यक्ष छत्रबहादुर प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पद्मकन्या बहुमुखी क्याम्पस, सामाजिक विकास फाँट प्रमुख सुकृता राईले गरेकी थिइन् । उनले बुबाआमा र छोराछोरीबीच अन्तर हुँदा समस्या उत्पन्न हुने गरेको बताइन् ।
कार्यक्रमकी प्रमुख अतिथि प्रदेशसभा सदस्य यशोधा कायस्थ रहेकी थिइन् । अन्तरक्रिया २ लाख रुपैयाँको लागतमा भएको महासङ्घका सचिवालय सदस्य कृष्णभगवत श्रेष्ठले जानकारी दिए ।