पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा विषालु च्याउ खाँदा चार जना बिरामी परेका छन् ।

कुम्मायक–१ को यासोकमा बिरामी पर्नेमा ३२ वर्षीय हेमन्त थापा, ६८ वर्षीया लीला थापा, ६० वर्षीया इन्द्रमाया नेपाली र ६० वर्षकै रुद्रबहादुर दर्जी रहेको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ । चारै जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।