धरान । धरान–१९ स्थित आवर होम इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूलाई लागूऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थीहरूले प्लाकार्ड, ब्यानर र पोष्टरसहित वडाका विभिन्न क्षेत्रमा सचेतनामूलक र्याली आयोजना गरेको हो । कार्यक्रममा वडाका टोल विकास संस्थाका प्रतिनिधि, विद्यार्थीहरूका अभिभावकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सुर्तीजन्य पदार्थहरूको सेवनले पार्ने असरका बारेमा जानकारी गराइएको प्रिन्सिपल गम्भीरमान तामाङले जानकारी दिए ।
कार्यक्रममा १९ नम्बर वडाका अध्यक्ष पूर्ण लिम्बूले यस्ता कार्यक्रमहरूलाई आगामी दिनहरूमा वडाका कार्यक्रमहरूमा समावेश गरिने बताए । कार्यक्रमको सञ्चालन कक्षा ९ की छात्रा युजिना मगरले गरेकी थिइन् ।