धरान । धरानस्थित सिद्धि नेवाः परिषद्को आयोजनामा सात दिने वरमाला बनाउने तालिम दिइएको छ ।

तालिम असार १० गतेबाट सुरु भएको हो । वरमालासँगै नरिवल सुपारी सजाउने तालिम पनि दिइएको अध्यक्ष राजविमल श्रेष्ठले जानकारी दिए । तालिममा विभिन्न वडाका १८ जना महिलाहरू सहभागी रहेको अध्यक्ष श्रेष्ठले बताए ।

तालिमको समापनमा कोशी प्रदेश सांसद् यशोदा कायस्थले देशको आर्थिक समृद्धिका लागि महिला उद्यमी हुन आवश्यक रहेको बताइन् । महिलाहरूलाई सीप विकास गर्ने उद्देश्यले तालिम दिइएको महासचिव मोहन श्रेष्ठले जानकारी दिए ।

विवाह कार्यक्रमका लागि अत्यावश्यक वरमाला बनाउने र नरिवल सुपारी सजाउने सीपले महिलाको दैनिक जीविकामा प्रभाव पार्ने उनले जानकारी दिए । घरको काम भ्याएर पनि महिलाहरू यसबाट मासिक २५ हजार रुपैयाँसम्म आम्दानी लिन सक्ने प्रशिक्षक जुली ताम्राकारले बताइन् ।