बेलबारी । केराबारी गाँउपालिका स्थित २० जना महिलाहरुले निःशुल्क कपडा सिलाइ बुनाई तालिम लिएका छन् ।

व्यवसायिक सिप विकास तालिम मार्फत आत्मनिर्भर बन्न मद्दत पुगेको केराबारी १० कि लक्ष्मी देवी सार्की बताउँछिन् । ट्रेस नेपालको आयोजनामा बैशाख ३ गतेदेखि जारी उक्त असार १५ गतेसम्म सञ्चालित रहेको थियो ।

समृिद्ध र हेल्बटास संस्थाको प्रविधिक सहयोग र केराबारी गाँउपालिकाको समन्वयमा भएको ६५ दिनसम्म जारी तालिम व्यवसायिक सिप विकासमा प्रभावकारी बनेको उक्त तालिम प्रशिक्षक अस्मीता सुवेदी बताउँछिन् । यस प्रकारको तालिमले महिलाहरुमा सिपसँगै आत्मनिर्भर बन्न प्रेरणा मिलेको तालिमकी एक सहभागी केराबारी ६ बस्ने सुजना तामाङले बताइन् ।