धरान उपमहानगरपालिका १४ नम्बर वडाका विभिन्न १० स्थानमा कन्केभ मिरर जडान गरिँदै छ ।
धरान ११ स्थित मितेरी फुटसलको सहयोगमा १४ नम्बर वडा कार्यालयले वडाका दुर्घटना जोखिमका क्षेत्रहरूमा कन्केभ मिरर जडान गरेको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।
उनका अनुसार फुटसलले केही समयअघि नै मिरर उपलब्ध गराएको भए पनि कहाँ र कसरी जडान गर्ने भन्ने प्राविधिक जानकारी लिन केही समय लागेको भए पनि इन्जिनियरले ठाउँ देखाइसकेपछि सोमबारबाट मिरर जडान को कार्य सुरु गरेको बताए ।
भट्टराईले भने ‘जहाँ प्वाइन्ट छ, दुई तर्फी गाडीहरू देखिँदैन त्यस्ता जक्सनहरुमा हामीले जडान सुरु गरेका छौँ, यसले कहिन केही मात्रामा दुर्घटनालाई न्यूनीकरण गर्छ ।’
मिरर दाता मितेरी फुटसललाई धन्यवाद दिँदै, भट्टराईले १४ नम्बर वडा भौगोलिक रूपमा डाँडाकाँडा भएकोले सडकहरू बढी ट्रेनिङ भएको र विपरीत दिशाबाट आउँदै गरेको गाडी नदेखिँदा दुर्घटना हुने गरेकोमा मिरर लगाइसकेपछि दुर्घटना न्यूनीकरण हुने बताए ।
धरान १ रेडक्रसबाट विजयपुर तर्फ फिर्ने ठाउँमा, जातीय संग्रालय नजिकै, विजयपुर चोकमा वडा कार्यालय पछाडि लगायतका दुर्घटना जोखिमयुक्त स्थानहरूमा मिरर लगाउने कार्य भइरहेको वडा सदस्य कमल प्रसाद भट्टराईले बताए ।
त्यस्तै, धरानमा फैलिँदै गरेको डेङ्गी नियन्त्रणका लागी १४ नम्बर वडा कार्यालयले आजबाट फगिङ (धुवाँ छर्ने) सुरु गरेको छ । वडा कार्यालयले आफैले फगिङ मेसिन खरिद गरी आजबाट फगिङ गर्ने कार्य गरेको वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले बताए ।
धरानको बजार क्षेत्रको तुलना डेङ्गी सङ्क्रमितको सङ्ख्या कम भए पनि लार्भा नष्ट गर्न अर्को उपाय अपनाउन ढिलो भएकोले फगिङ सुरु गर्न लागेको भट्टराईले बताए । उनले भने ‘ वडामा सङ्क्रमितहरू देखिन थालेपछि जनताबाट नै माग हुन थाल्यो त्यही भएर नगरको पालो कुरेर बस्दा ढिलो हुने भएकाले आफैले सकनेर ल्याएका हौँ । टिएलओबाट समन्वयन गरेर वडा सदस्यहरूलाई फगिङ गर्न जिम्मा दिइएको छ ।’
उनले फगिङ भन्दा पनि आम रूपमै जना चेतना जगाएर लार्भा बस्ने स्थानको पहिचान गरी लार्भा नष्ट गर्दै सरसफाइ गर्नु उत्तम विकल्प भए पनि एउटा मात्रै वडाले त्यसो गर्दा नहुने भएकोले फगिङ नै गर्नु परेको बताए ।