वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिका–५ मा कोशी प्रदेश सरकारको जनताका लागि आवास योजना अन्तिम चरणमा पुगेको छ ।

प्रदेश सरकारले विपन्न परिवारलाई लक्षित गर्दै सुरु गरेको आवास योजना अन्तिम चरणमा पुगेको हो । वडाको सिमसार, हैटाखोला, विशाल, सुनगाभा, गुरुङ र इन्द्रेणी टोलका २५ घरधुरीलाई आवास दिन लागिएको छ । प्रदेशको साढे ३ लाख रुपैयाँमा तीन कोठा भएको इँटाको पक्की घर निर्माण भइरहेको हो । पक्की घरका लागि सिमसारका जीवनलाल सरदार, जितेन्द्र सरदार, आकाश मुसहर, प्रमिला सरदार, स्रवत सरदार, लक्ष्मण सरदार, मीना मुसहर, मन्जे सदा, शुक्रा सरदार, राजकुमार सरदार, बुचनीकुमारी सरदार र पाचु सरदार रहेका छन् ।

ईन्द्रेणी टोलका दिनेश सार्की, लक्ष्मण बोगटी, गुरुङ्ग टोलका रबिना सरदार, कविता सदा, आशाराम मुसहर, अनारीदेवी ऋषिदेव र सोना सरदार रहेका छन् । यसैगरी आवास पाउनेमा विशाल टोलका भूपजीत विक, हैटाखोलाका महिनारायण सरदार छ्न् भने सुनगाभा टोलका अजित सदा, आशिष सदा, हिरालाल सरदार, र रामकुमार मुसहरले घर पाउने वराहक्षेत्र–५ का वडाध्यक्ष रोहित काफ्लेले बताए । वडाका २४ जनाका लागि आवास निर्माण भई हस्तान्तरण हुन बाँकी रहेको उनले बताए । जग्गाको कारणले एक जनाको घर समयमा निर्माण गर्न नसकिएको वडाध्यक्ष काफ्लेले जानकारी दिए ।