धरान । बौद्धिक अपाङ्ग भएका बालबालिकाहरूका अभिभावकहरू एकजुट भएका छन् । 

बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ नेपालका अध्यक्ष राजु बस्नेतको समन्वयमा अभिभावकको भेलाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । भेलाबाट सन्तना श्रेष्ठ शाक्य अध्यक्षमा चयन भइन् ।

त्यस्तै उपाध्यक्षमा शम्भु कटुवाल, सचिवमा अस्मित सुवेदी, कोषाध्यक्ष दीपा भट्टराई चयन भए । यसैगरी सदस्यहरूमा बिनादेवी चाम्लिङ, निमा शेर्पा, सावित्री श्रेष्ठ, कविता तामाङ, सन्तोषकुमार सुवेदी चयन भए । सह–सचिव र एकजना सदस्य भने पछि चयन गरिने भएको छ ।