धरान । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ मा मोटरसाइकलको ठक्करबाट बुधबार एक बालिकाको ज्यान गएको छ ।
इटहरी–१३ खनारस्थित नहरछेउको बाटोमा मोटरसाइकलले ठक्कर दिँदा पाँच वर्षीया बालिका सदीक्षा राईको ज्यान गएको हो ।
सोही ठाउँका सुलेमान मियाँले चलाएको प्रदेश १–०२–०४३ प ७४१४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
उनको तत्काल मोरङको विराटनगरस्थित नोबेल मेडिकल अस्पतालमा उपचारका लागि लगिए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल र चालक सुलेमानलाई नियन्त्रणमा लिई सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।