वराहक्षेत्र । किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति वराहक्षेत्र १ र २ ले २२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आइतबार गरिएको साधारण सभामा समितिका सचिव श्रवण राईले आर्थिक वर्ष २०७९र८० को लागि २ लाख ८७ हजार ६ सय ८५ रुपैयाँको आय व्यय प्रस्तुत गरे ।
समितिका अध्यक्ष लाल कुमार राईले वार्ड १ मा रहेको साकेला थानलाई पर्यटकीय केन्द्र बनाउन राईहरूको विभिन्न जातहरूको थुम घर निर्माण भइरहेको बताए । आर्थिक कारण ले अहिले बान्तवा र चाम्लिङहरूको थुम बनाउन सकिएको भन्दै सहयोग को लागि अपिल गरे ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि बृहत्तर वराहक्षेत्र विकास समितिका अध्यक्ष भेषराज घिमिरेले यायोक्खा लाई ५ लाख रुपैयाँ सहयोग गरिएको र आगामी दिनमा थप सहयोग गरिने बताए । कार्यक्रम का प्रमुख किराया यायोक्खा वराहक्षेत्र नगर समिति अध्यक्ष लाल बहादुर राई रहेका थिए ।
लाल कुमार राईको अध्यक्षता सौ कुमार राईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शुभधन राईले गरेका थिए ।