वराहक्षेत्र नगरपालिका १ बगुवाकी क्यान्सर पीडित ३७ वर्षीय कमला विश्वकर्मले उपचारमा सहयोगका लागी गुहार गरेकी छन् ।
स्तनमा क्यान्सर देखिएपछि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कमलालेआर्थिक अभावका कारण उपचारमा कठिनाइ भएको भन्दै उपचारमा सहयाेगकाे अपिल गरेकी हुन् ।
गत चैतमा स्तन नजिकै गिर्खा देखिएपछि उपचारका लागि प्रतिष्ठान आएको कमलाले बताइन् । उनले भनिन् ‘ सामान्य गिर्खा जस्तो देखेपछि चोक गर्न घोपा आए ।’ असारको पहिलो साता प्रतिष्ठानमा क्यान्सर प्रमाणित भएसँगै सरकारले क्यान्सर पिडपतलाई उपलब्ध गराउने एक लाख रुपैयाँबाट अप्रेसन गर्न सफल भए पनि किमो थेरापीकालागी रकम अभाव भएको कमलाले बताइन् ।
उनले भनिन् ‘ मजदुरी गरेर बाचिरहेका हामीसँग उपचार गराउने पैसा छैन, अकालमै मरिने हो की ? भन्ने चिन्ताले सताउन थालेको छ ।’
आर्थिक अवस्था कमजोर भएकै कारण अकालमै मृत्यु हुने अवस्था आएकोले हारगुहार गर्नुपरेको भन्दै भन्दै उनका दाजु सुर्य विश्वकर्मले पनि बहिनिकाे उपचारका लागी आर्थिक सहयोगका लागी अपिल गरेका छन् ।
उनले भने ‘ सरकारले दिएको एक लाखल र रिनपान गरेर अप्रेसन त गरार्यौँ तर डाक्टरहरूले १७ वडा किमो चढाउनु पर्छ भन्नु भएको छ । किमोको ३५/४० हजार लाग्छ भनेको छ , हामी ज्यालादारी गरेर खाने मान्छे त्यत्रो रकम जुटाउनै नसक्ने भयौँ ।’
मृत्युको मुखमा पुगेकाहरूलाई सहयोगले बाचेको देखेर आफूहरूले पनि सहयोगको गुहार लगाएको कमलाकी दिदी मिना विश्वकर्मले बताइन् । उनेल भनिन् ‘ आमा पनि मुखको क्यान्सरले बित्नु भयो । अनेक कोसिस गर्यौ बचाउन सकेनौ । बहिनीलाई पनि क्यान्सर भएको छ, छिमेकीहरूले तेरो बहिनी पनि मर्छे भन्दा मन कटक्क खान्छ । के गरिब क्यान्सरको पहिलो स्टेजमै मर्नु पर्ने हो त ? ’
डाक्टरहरूले पहिलो चरमा रहेकोले चाडैँ उपचार गरे निका हुने बताएको उनका कमलाका दाजु सुर्यले बताए । उनका अनुसार सोमबार सीटीस्कान गरेको र एक हप्तापछिबाट किमो सुरु गर्नु पर्ने हुन्छ । नगरपालिकाबाट सहयोग माग्न सिफारीस दिएको भए पनि जिल्ला प्रशासन कार्यालयले अभियान चलाएर चन्दा सङ्कलन गर्न नदिने भएकाले कठिनाई भएको सुर्यले बताए ।
उनले भने ‘ हामी सामान्य मान्छे, हाम्रो पहुँच पनि छैन । कहाँ सहयोग माग्ने कसरी सहयोग माग्ने भन्ने पनि थाहा छैन ।’ उनले १७ वटा किमोका लागी ६ लाख लाग्न सक्ने डाक्टरहरूले बताएको जनाएका छन् ।
सहयोगका लागी कमलाको नाममा रहेको नेपाल इन्भेस्टमेन्ट बैङ्क धरान शाखाकाे खाता नम्बर १०९०५३९०२५०९९३ मा रकम जम्मा गरेर सहयोग गर्न सकिने दाजु सुर्यले बताएका छन् ।