धरान । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको सङ्घीय लिम्बुवान मञ्च नेपालले धरान उपमहानगरपालिका वडा नं. १६ मा समिति पुनर्गठन गरेको छ ।

समितिको अध्यक्षमा शेरबहादुर तुम्बाहाङ्फे, उपाध्यक्षहरूमा वीरेन्द्र जबेगु, निरबहादुर लिम्बू र राजेन्द्र लाबुङ, सचिवमा रामबहादुर नेयोङ, सह–सचिव यामबहादुर लिम्बू र कोषाध्यक्षमा सुनकुमारी लिम्बू चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा चित्रबहादुर लावती, अरुण सकस, सरस्वती लिम्बू, रमेशकुमार राई, नन्दकुमारी लिम्बू, डम्बरध्वज तुम्बााहङ्फे, लक्ष्मीसुन्दर तुम्बाहाङ्फे, जसु जवेगु, मेनुका लिम्बू, कालीबहादुर लिम्बू (सिङ्गक), खेमबहादुर सम्बाहाङ्फे, मनकुमारी लिम्बू, सोमकुमारी लिम्बू र टीकामाया याक्खा चयन भएका छन् भने सल्लाहकारमा नर्वदा लिम्बूलाई चयन गरिएको छ ।

मञ्चका नगरअध्यक्ष मोहनप्रसाद तिगेलाको सभापतित्व र केन्द्रीय उपमहासचिव तथा सुनसरी इञ्चार्ज भूपेन्द्रसुन्दर लावतीको प्रमुख आतिथ्यमा समिति गठन गरिएको हो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि लावतीले कोशी प्रदेश खारेजीको आन्दोलन जारी रहेको बताए ।

अहिलेको राजनीतिक परिस्थितिका कारण सङ्घर्ष समिति आन्दोलनको तयारी अवस्थामा रहेकाले अबको आन्दोलन ठूलो हुने उनले बताए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि तथा सुनसरी अध्यक्ष राजकुमार वनेम (प्रिन्स)ले कुनै पनि पार्टीको शक्ति भनेकै सङ्गठन रहेको भन्दै मञ्चले सबै जातिको अस्तित्व र पहिचान समेट्ने बताए । कार्यक्रममा केन्द्रीय सदस्य पर्शुराम वाइबा, तीर्थ मादेन, केन्द्रीय एलभी सह–कमान्डर भूपाल चेम्जोङ, केन्द्रीय सदस्य बी.बी. लिङ्देङ, महिला नेतृ सरस्वती सुब्बा लगायतले बोलेका थिए । भेलाले मञ्चका जिल्ला वरिष्ठ उपाध्यक्ष राजेन्द्र सुक्वाबा लिम्बूलाई केन्द्रीय समितिमा सिफारिस गरेको छ ।