प्रतिनिधि  सभाको बैठक एक हप्ताको लागि स्थगित भएको छ ।  आज दिउँसो १ बजे  बेलाइएको बैठक बस्नै नबसी संसद् सचिवालयले   साउन २२ गते दिउसो १ बजे बैठक बस्ने सूचना जारी गरी आजको बैठक स्थगित गरेको छ ।

प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरूले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन गर्न माग गर्दै  अवरोध गर्दै आएका छन् ।  तर सत्तारुढ गठबन्धनले भने  उक्त समिति गठन गर्न अस्वीकार गर्दै आएको छ ।

 एमालेले  आजेको बैठकमा अवरोध नगरी  गृहमन्त्रीको जवाफ आइसकेपछि प्रतिक्रिया जनाउने सहमति जनाएको थियो । तर सत्तारूढ दलका प्रतिनिधि संसद् सूचना टाँसेर स्थगित गरौँ भनेर सभामुखलाई आग्रह गरेको थिए ।