नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आजै राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य वृद्धि गरेको निगमले सूचना जारी गरेको छ ।
निगमको आज बसेको बैठकले मूल्य समायोजन गरी स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल र डिजेलमा प्रतिलिटर ९ रुपैयाँ साथै मट्टितेलमा ७ रुपैयाँले वृद्धि गरेको छ ।
नयाँ मूल्यअनुसार तेस्रो वर्गको पेट्रोल १७३, दोस्रो वर्गको १७२ र तेस्रो वर्गको पेट्रोल १७०.५० रुपैयाँ प्रतिलिटर पर्नेछ ।
इण्डियन आयल कर्पोरेशनबाट आज आएको नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर ८.१४ र ६.८६ रुपैयाँले वृद्धि भएको र एलपी ग्यासमा भने ११७.६२ रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।