सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै आएको एमालेले सोमबार पनि राष्ट्रिय सभाको बैठक अवरोध गरेको छ ।
सरकारले गरिरहेको छानबिन मुख्य दोषीसम्म नपुग्ने भन्दै उच्च स्तरीय छानबिन समिति नबनेसम्म एमालेले सदन चल्न नदिने एमाले सांसदहरुले बताएका छन् । सरकारले तत्काल उच्च स्तरीय छानबिन समिति गठन नभएसम्म अवरोध गरिरहने एमालेको भनाइ छ ।
राष्ट्रियसभाको बैठकको सुरुवातमै एमाले सांसदहरु आफ्नो सिटबाट उठेर विरोध गरेका थिए । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शीर्ष नेताहरुको बैठक समेत बसिरहेको जानकारी दिँदै बसेर बैठकको कारबाही अघि बढाउन आग्रह गरेका थिए । तर एमाले सांसदहरु उठिरहेपछि राष्ट्रिय सभाको बैठक बुधबार सम्मका लागि स्थगित गरिएको थियो ।
अवरोध हटाउन सभामुख देवराज घिमिरेले तीन ठूला दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।