गृह मन्त्री र अर्थमन्त्रीको आलोचना गर्दै आएका नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । 

शर्मालाई प्रहरीले गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो । उनी के कारणले पक्राउ परे भन्ने खुलेको छैन । 

केही कांग्रेस नेताहरुले भने गृह र अर्थमन्त्रीको राजीनामा मागेको विषयमा प्रतिशोधन साँध्ने हिसाबले शर्मालाई पक्राउ गरिएको आरोप लगाएका छन् ।

शर्मालाई सीआईबीले पक्राउ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले फेसबुक स्टाटसमा लेखेका छन् । उनले शर्मालाई सिआइबीले पक्राउ गरेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन् ।

 

सांसद शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरिएको हुन सक्ने अनुमान गरिएको  छ ।