विजयपुर । नेपाली काङ्ग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले डेङ्गु रोगको उपचारको लागि औषधि उपलब्ध गराएका छन् ।

बुधबार धरानमा कार्यक्रम गरी थापाले १३ हजार ५ सय चक्की सिटामोल र १ हजार प्याकेट जीवनजल पार्टीको नगर तथा क्षेत्र नं. १(१) र १(२) समितिलाई हस्तान्तरण गरेका हुन् ।

नगर क्षेत्रीय समितिले संयुक्त रूपमा औषधि धरान उपमहानगर स्वास्थ्य महाशाखालाई प्रदान गर्ने क्षेत्र नं. १(१) सचिव युवराज शङ्करले जानकारी दिए । उनले थापाले आफ्नो क्षेत्रमा डेङ्गु महामारीका रूपमा फैलिएकोले जनताको उद्धारका लागि सहयोग गरेको बताए ।