धरान । संयुक्त ग्रील, स्टिल, आल्मुनियम उद्योग व्यवसायी सङ्घ धरानको आयोजनामा शनिबार आँखा शिविर सम्पन्न भएको छ ।

धरानको जेसीज भवनमा आयोजित शिविरमा एक सय १३ जना लाभान्वित बने । धरान–१२ स्थित सूर्य आइ केयरको प्राविधिक सहयोगमा शिविर भएको हो । सङ्घका अध्यक्ष उदयकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सदस्य राजकुमार राई रहेका थिए । शिविरमा आँखा रोग विशेषज्ञ डा. इच्छा जोशी सोनीले आँखा जाँच गरेकी थिइन् ।

जाँच गरिएकामध्ये १३ जनामा मोतियाविन्दु भएको, १९ जनाले चश्मा लगाउनु पर्ने, पुनः चेक जाँच गर्नुपर्ने ३५ जना र कमजोर दृष्टि भएका २५ जना भेटिएको डा. जोशीले बताइन् ।