सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार तयार भएपछि नेकपा एमालेले संसद अवरोध नगर्ने भएको छ ।
सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार तयार भएपछि एमालेले गर्दै आएको अवरोध खुलाउने भएको हो ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि एमालेले संसद अवरुद्ध गर्दै आएको थियो ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ ।