सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा रु एक करोडभन्दा बढी मूल्यको दुई किलो सुनको धुलो बरामद भएको एक जना भन्सार अधिकारीले जानकारी दिएका छन् ।

मुम्बई भन्सार अधिकारीका अनुसार रु एक करोड पाँच लाख २७ हजार बराबरको सुनको धुलो दम्पतिले आफ्ना भित्री वस्त्रमा र उनीहरूको तीन वर्षको बच्चाको डाइपरमा लुकाइएको सुनको धुलो बारमद भएको हो । बरामद सुनको धुलो २४ क्यारेटको रहेको खुल्लेको छ । आज अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । विस्तृत विवरण भने आउन  बाँकी रहेको छ ।  

यसअघि केरलाको कोचीन अन्तरराष्ट्रिय विमानस्थलमा भन्सार अधिकारीहरूले सात सय ग्राम सुन मलद्वारमा लेप बनाएर आएका एक यात्रीलाई पक्राउ गरेको थियो । बरामद सुनको मूल्य रु ४० लाख पर्ने बताइएको छ ।