श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल भदौ २९ गते शुक्रबार, १५ सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर । भाद्र कृष्णपक्षको औंसी तिथि ०७ः२४ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र उत्तरफाल्गुनी भोलि ०७ः४७ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि सिंह, सूर्याेदय ०५ः४८ बजे र सूर्यास्त ०६ः०८ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नियमित कामलाई निरन्तरता दिन सकिनेछ। जीवनशैली व्यस्त रहे पनि उपलब्धिहीन काममा समय बित्न सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । नयाँ योजनातर्फको लगानीमा जोखिम बढ्नेछ।   
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन् । कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तालमेल नहुँदा केही पछि परिनेछ । ईष्र्या गर्नेहरू सक्रिय रहनेछन् भने कमजोरीको फाइदा उठाउन सक्लान्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उपलब्धिविहीन काममा समय र बुद्धि खर्चनु पर्ला। तापनि दोहो¥याएर प्रयत्न गरे आंशिक लाभ हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तारिफयोग्य काम थालनी गर्न सकिनेछ । दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ। दिन सामान्य देखिन्छ ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएको काम सम्पादन हुनेछ भने जिम्मेवारीसमेत बढ्नेछ । धेरै लगानी गरे पनि कम मात्र फाइदा हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अर्थअभाव हुनाले चिताएको काम पूर्ण नहुन सक्छ । लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। फाइदा नभए पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ।