वराहक्षेत्र चतरास्थित विश्वकर्मा मन्दिरमा आज पूजाअर्चना गरिएको छ । वर्षमा एकदिनमात्र आजकै दिन खुल्ने मन्दिरमा स्थानीय यातायात व्यवसायी र सवारीधनीहरुले भक्तिभावपूर्ण रुपमा पूजाअर्चना गरेका छन् । 

यो क्षेत्रमा रहेको एकमात्र विश्वकर्मा मन्दिर यातायात व्यवसायीको पहलमा २५ वर्षअघि स्थापना भएको हो । झुम्का चतरा यो सडक खण्डमा दुर्घटना हुन थालेपछि यातायात व्यवसायीले रकम संकलन गरेर मन्दिर स्थापना गरेका थिए । वि.सं. २०५५ साल असोज १ गते स्थापना गरिएको यो मन्दिर वर्षमा एकपटक विश्वकर्मा पूजाका दिन खुल्ने गरेको छ । 

तत्कालीन पूर्व नेपाल यातायात सिण्डिकेटमा आवद्ध यातायात व्यवसायीले मन्दिर स्थापना गरेका हुन् । चतरा आसपासका यातायात व्यवसायी र सवारीधनीहरुले वर्षपिच्छे मन्दिरमा पूजाअर्चना गर्ने  गरेका छन् ।

तत्कालीन पूर्व नेपाल यातायात सिण्डिकेट र वराहक्षेत्र गाउँ विकास समितिका स्थानीयहरुले संयुक्त रुपमा सो मन्दिर निर्माण गरेको व्यवसायी महेश बज्राचार्यले जानकारी दिए । 

धार्मिक क्षेत्रका रुपमा स्थापित चतराधाममा विश्वकर्मा मन्दिर स्थापनाले महत्व राख्ने स्थानीय बताउँछन् । आजकै दिन नयाँ सवारी साधन खरिद गरी पूजाआजा गरेर प्रयोग गर्ने, कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

तस्बिरहरु हेर्नुहोस्ः   

Bishwakarma Puja Chatara blastkhabar (5)

Bishwakarma Puja Chatara blastkhabar (4)

Bishwakarma Puja Chatara blastkhabar (6)

Bishwakarma Puja Chatara blastkhabar (1)

Bishwakarma Puja Chatara blastkhabar (3)

Bishwakarma Puja Chatara blastkhabar

Bishwakarma Puja Chatara blastkhabar (7)