श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असोज ३ गते बुधबार, २० सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर । भाद्र शुक्लपक्षको पञ्चमी तिथि १४ः३१ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र विशाखा १५ः११ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि तुला, सूर्याेदय ०५ः५१ बजे र सूर्यास्त ०६ः०३ बजे हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिन मनोरञ्जनपूर्ण र उत्साहबद्र्धक रहनेछ। आँटेको काम बन्नाले भौतिक सुविधा बढ्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साथीभाइको आगमनले काममा हौसला जाग्नेछ । अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनले निखार ल्याउन सक्छ । मनग्य अर्थ लाभ पनि हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गम्भीर नबन्दा काममा पनि दुःख पाइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पु¥याउनु होला। कामकाजमा अलि सजग रहनुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेत गर्दा अप्ठ्यारो कामसमेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ।परिस्थितिले गर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ । अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोशिस गर्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यमा हेल्चेक्र्याइँ गर्दा काममा समेत बाधा हुनेछ । शङ्का गर्ने बानीले मनमा दुविधा उत्पन्न हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
घर–सल्लाह गरी बेलैमा योजना बनाएर गरेको कामबाट फाइदा हुनेछ । नियमित काम सम्पादन हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ काममा पनि आफन्तजनले साथ दिनेछन्। प्रयत्न गर्दा विश्वास नलागेको कामसमेत बन्न सक्छ।