राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन) सुनसरीको दशौं जिल्ला अधिवेशन धरानस्थित लाङ्घाली सामुदायिक वनको सभाहलमा सुरु भएको छ ।
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ । न्युनतम १५ देखि २१ सदस्य कार्यसमिति चयन गर्ने सचिव भगत लिम्बूले जानकारी दिए । जिल्लामा ८४ निजी विद्यालय आबद्ध छन् ।
अधिवेशनका लागि केन्द्रीय कार्यसमितिका अध्यक्ष पाण्डव हमालको प्रमुख उपस्थित रहेको छ । अधिवेशनमा केन्द्रीय कार्यसमितिका अध्यक्ष, सहाध्यक्षदेखि ३ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, २ सचिव र सदस्यहरूको उपस्थिति रहेको छ । एनप्याब्सनका धनकुटा, इलाम, उदयपुरलगायतका जिला नेतृत्वको सहभागिता रहेको छ ।
अधिवेशनमा प्याब्सन, हिसान, एन्फा, पत्रकार महासङ्घलगायतका प्रतिनिधिलाई निम्तो गरिएको छ ।
नारायणकुमार सन्जेलको अध्यक्षतामा अधिवेशन सुरु भएको हो ।