संविधानमा मूलवासी मंगोल लेखिनुपर्ने माग गर्दै आज धरानमा मंगोल नेश्नल अर्गनाइजेसन (एमएनओ) ले विरोध सभा गरेको छ ।
संविधान विभेदकारी भएको भन्दै पुनर्लेखनको माग गर्र्र्दैै एमएनओले धरानस्थित सिटी प्लाजाबाट विरोध र्याली निकाली भानुचोकमा कोण सभा गरेको थियो ।
विरोध सभा नगर्न प्रहरीले आग्रह गरे पनि विरोध सभा गरिएको थियो । र्यालीलाई प्रहरीले नियन्त्रण गर्न सकेको थिएन । आन्दोलनकारीले विरोध सभामा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर, वर्णभेदी नीति अन्त्य गर, मंगोल अस्तित्वका लागि एक हौं, विभेदकारी संविधान पुनः लेखन गर, असोज ३ कालो दिन, मूलवासीप्रतिको दुष्ट नीति बन्द गर, ब्राह्मणवादी नीति अन्त्य गर, यो देश कसको मंगोलको, मानव अधिकार लागु गर, संसदीय व्यवस्था खारेज गर, अन्तर्राष्ट्रिय झण्डा बदली गरलगायतका नारा लगाएका थिए ।
प्लेकार्डसहितको विरोध सभामा संविधान दिवसलाई कालो दिनका रुपमा व्याख्या गर्दै जनता समाजवादी पार्टीको युवा संगठन, राष्ट्रिय जनमूक्ति पार्टीसहित पहिचानवादी संघसंगठनले ऐक्यबद्धता जनाएका थिए ।