धरानमा युनिभर्सल पिस फेडेरेशन सुनसरीको आयोजनामा सामाजिक सद्भावका लागि अन्तर धार्मिक सहकार्यसम्बन्धी अन्तक्र्रिया गरिएको छ । 

विश्व शन्तिको कामना गर्दै पृथक धार्मिक संगठनको सहभागितामा आज धरानमा अन्तर्किया भएको हो । अन्तर्कियामा धर्मगुरुहरुले धार्मिक सामाजिक सद्भावमा जोड दिए ।

विभिन्न धर्म–सम्प्रदायका धर्मगुरुहरुले धार्मिक पाठ गर्दै एकै ठाउँमा जल धारा दिएर विश्व शान्तिको कामना गरेका थिए ।  

Interfaith cooperation for social harmony dharan rajkumar karki (4)

अन्तर्कियामा प्रमुख अतिथि वरिष्ठ पत्रकार राजकुमार कार्कीले समाजमा एकआपसमा सद्भाव कायम राख्न धार्मिक सद्भाव हुनुपर्ने बताए । ब्रह्म कुमारी राजयोग सेवा केन्द्रकी नानी मैयाँ दिदीज्यूले सबै धर्महरु बीच सद्भाव हुन सकेमात्र मानव हित हुने बताइन् । 

अन्तर धार्मिक सहकार्यमा हिन्दू धर्मबाट सूर्य भण्डारी, वैदिक सनातन धर्मबाट गुरु अधियज्ञ गौरंगा दास, ब्रम्हकुमारी राज योग सेवा केन्द्रबाट नानी मैयाँ दिदीज्यू, बौद्ध गुरु जिग्मे गुरुङ, किरात धर्मबाट दिनेश लिम्बू, इसाइ धर्मबाट पास्टर महेश राजवंशी, प्रेमवाद गुरु सुमन राईलगायतका धर्म गुरुहरुले सहभागिता जनाएका थिए । धार्मिक गुरुहरुले अन्तर धार्मिक सहकार्यका लागि आह्वान गरेका थिए । 

Interfaith cooperation for social harmony dharan rajkumar karki (3)

विश्व शान्तिका लागि समाजमा सद्भाव र धार्मिक सहिष्णुता कायम हुनु पर्ने र धार्मिक गुरुहरुले यसमा अहम भूमिका निर्वाह गर्नु पर्ने युनिभर्सल पिस फेडेरेशन सुनसरीका अध्यक्ष मोहन श्रेष्ठले बताए । अन्तर्कियाको सञ्चालन गर्दै फेडेरेसनका रामबहादुर लिम्बूले यस किसिमका धार्मिक सद्भाव समाजमा अपरिहार्य हुने बताए । 

कार्यक्रममा धरान तथा आसपासका शान्तिदूत, मिडियाकर्मी, धर्म गुरु तथा सामाजिक अभियन्ताको उपस्थिति थियो ।

Interfaith cooperation for social harmony dharan rajkumar karki (2)

Interfaith cooperation for social harmony dharan rajkumar karki (5)

Interfaith cooperation for social harmony dharan rajkumar karki